
खोटाङमा एक १६ वर्षीया किशाेरीलाई जंगलमा बोलाएर जबरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- ६ नेर्पाका ३१ वर्षीय अरुण राई पक्राउ परेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ लफ्याङकी एक किशाेरीलाई ललाईफकाइ गरी उनले बुधबार बेलुकी रातको ९ बजेको समयमा नजिकैको जंगलमा लगेर जवरजस्ती करणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताउनुभयो ।
पीडित किशाेरीले आफूमाथि राईले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र सोही उजुरीको आधारमा पीडकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक सागर साहले बताउनुभयो ।