२५ बैशाख २०८१, मंगलवार

डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिँदै, यही अनुपातमा फैलिरहे विश्वमै सङ्क्रमण बढ्ने खतरा

delta varient corona

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेकोे भन्दै चिन्ता व्यक्त गरेको छ ।

यही अनुपातमा डेल्टा भेरियन्ट फैलिरहे विश्वमै संक्रमण बढ्ने खतरा भएको डब्लूएचओले जनाएको छ । डब्लूएचओका अनुसार अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको छ । पछिल्लो दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको पाइएको छ । अहिलेसम्म कोरोनाको अल्फा भेरियन्ट एक सय ७० देशमा, बिटा भेरियन्ट एक सय १९ देशमा र गामा भेरियन्ट ७१ देशमा फैलिएको छ ।

डब्लूएचओले कोरोना भाइरसको संक्रमण फैलाउने अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टको निगरानी गर्न थालेको जनाएको छ । डेल्टा, अल्फा भेरियन्ट भन्दा तीव्र गतिमा फैलने गरेको पाइएको छ । डेल्टा भेरियन्ट भारत, नेपाल लगायत देशमा भेटिएको छ ।