२२ बैशाख २०८१, शनिबार

घुस लिएको आरोपमा जनकपुरधाम आन्तरिक राजस्व कार्यालयको कर अधिकृतविरुद्ध मुद्दा दायर

TAx office Janakpur6 750x375 1

घुस लिएको आरोपमा जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालय धनुषामा कार्यरत कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार बर्दिवासबाट खटिएको आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजन गर्ने काम सहज गरिदिने बहानामा घुस लिएको पाइएको उनको भनाइ छ ।

    सम्बन्धित समाचार...