१७ बैशाख २०८१, सोमबार

सडकमा धान रोपेर मेयर चौधरीको विरोध

sadak ma dhan 1 750x375 1

लहान । वर्षायाम सुरु भएसँगै प्रदेश २ का ग्रामिण भेग हिलाम्मे बनेको छ । कतिपय गाउँमा त एम्बुलेन्स समेत पुग्न सक्ने अवस्था छैन । बुधवार सिरहाको धनगढीमाई नगरपालिका १२ स्थित हिलाम्मे सडकमा युवाहरुले धान रोपेर मेयर हरिनारायण चौधरीको विरोध गरे ।

हिलाम्मे बनेको सडक मर्मत नगरेको भन्दै यूवाहरुले धान रोपेर मेयर हरिनारायण चौधरीको विरोध गरेका हुन् । उनीहरुले सडक मर्मत गर्न माग गरेका छन् । स्थानीय रामकुमार महकतोले सडक मर्मत गर्न वडाध्यक्ष राजु श्रेष्ठ र मेयर हरिनारायण चौधरीले चासो नदेखाएपछि बाध्य भएर सडकमै धान रोपेको बताए । उनले भने, ‘धान फलेपछि हामी आफैं सडक बनाउँछौं ।’ फेसबुकमा लोकप्रिय बनेका मेयरले सडक मर्मत गराउन नचाहेको उनले आरोप लगाए । उनले भने, ‘यही सडकको दक्षिणपट्टी करिब ४ सय मिटर सडक कालोपत्रे गर्न ठूलो खाल्डो खनेको थियो । कालोपत्रे त भयो । तर न ठेकेदार न नगरपालिकाले खाल्डो पुर्न चासो देखाए । अहिले एम्बुलेन्स पनि चल्न नसक्ने अवस्था रहेको छ ।’ सडकमै धान रोपेर सांकेतिक विरोध गरेपछि मर्मत गराउने स्थानीय युवाहरुको विश्वास छ ।

उनीहरुले नगरपालिपकाले सडक मर्मत नगराए आन्दोलन गर्ने चेतावनी नै दिएका छन् ।