१३ बैशाख २०८१, बिहीबार

रोनाल्डोले बराबरी गरे अलिको कीर्तिमानसँग

Cristiano Ronaldo

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता इरानी खेलाडी अलि दाईको कीर्तिमानसँग बराबरी गरेका छन् ।

फ्रान्स विरुद्ध जारी समूह एफको तेस्रो चरणको खेलमा दोस्रो गोल गरेसँगै स्टार फरवार्ड रोनाल्डोले अलिको १०९ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

युरो २०२० मा मात्रै रोनाल्डोले पाँच गोल गरिसकेका छन् । हंगेरीविरुद्धको खेलमा दुई गोल गरेका रोनाल्डोले दोस्रो खेलमा जर्मनीविरुद्ध एक गोल गरेका थिए ।

त्यस्तै अहिले जारी खेलमा फ्रान्सविरुद्ध उनले दुई गोल गरिसकेका छन् ।