७ बैशाख २०८१, शुक्रबार

सुन चाँदीको मूल्य घट्यो

gold

नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । केही दिनबाट बढेको मूल्य फागुन १२ गते सोमवार हालसम्मकै उच्च भइ ८० हजार ३ सय कायम भएको थियो । त्यसपछि गिरावट हुन थालेको मूल्यमा उतारचढाव आई आज प्रतितोला छापावाला सुन ७९ हजार २ सय रहेको छ ।

बिहीवारको तुलनामा सुनको मूल्य तोलामा ५ सयले कमि आएको छ । बिहीवार प्रतितोला सुनको मूल्य ७९ हजार ७ सय रहेको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य ७८ हजार ९ सय रहेको छ ।

साथै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य ९ सय रहेको थियो । भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदीको मूल्य ८ सय ८० कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।