१४ बैशाख २०८१, शुक्रबार

दिपक मनाङे प्रचण्ड निवासमा, प्रहरी प्रशासन चलाउने मन्त्रालय दिलाउन माग

dipak manage prahanda dahal meeting

गण्डकी प्रदेशका मन्त्री दिपक मनाङेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।

फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै उनले ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद् छलफल भएको’ बताएका छन् । गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालयको बार्गेनिङ गरिरहेका मनाङे त्यसकै लविङका लागि प्रचण्डलाई भेट्न आएको अनुमान गरिएको छ । उनले प्रहरी प्रशासन चलाउने गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालय मागिरहेको स्रोतले बताएको छ ।

गण्डकी मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले मनाङेसहित चार जनालाई मन्त्री नियुक्त गरे पनि कुनै मन्त्रालय दिन सकेका छैनन् । ११ मन्त्रालयमध्ये शक्तिशाली मानिएको अर्थ मन्त्रालय जसपाले पाउने निधो भइसकेको छ । त्यसपछि आन्तरिक मामला र भौतिक पूर्वाधार मन्त्रालयका लागि कांग्रेस माओवादी र मनाङे संघर्षमा छन् ।

गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालयको बार्गेनिङ गरिरहेका मनाङे त्यसकै लविङका लागि प्रचण्डलाई भेट्न आएको अनुमान गरिएको छ ।प्रचण्डलाई भेट्न मनाङे अर्जेन्टिनाको जर्सी लगाएर खुमलटारस्थित उनको निवासमा पुगेका थिए ।

dipak manage prahanda dahal meeting 2