१३ श्रावण २०७८, बुधबार

भीरबाट लडेर गम्भीर घाइते भएकी किशोरीको अझै भएन उद्धार

death
सांकेतिक तस्विर

बूढीनन्दा नगरपालिका– १ स्थित रुपासैँनी भीरबाट लडेर गम्भीर घाइते भएकी १६ वर्षीया ललिता गिरीको आजसम्म उद्धार हुन सकेको छैन।

यही असार १ गते घाँस काटिरहेका अवस्थामा सो भीरबाट एक्कासी लड्दा उनीको घाँटि तथा ढाँडमा असर पुर्‍याएको थियो। अचेत अवस्थामा यहाँस्थित कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उनीलाई पुर्‍याइएको थियो। स्वास्थ्य केन्द्रका चिकित्सक डिकेन्द्र सञ्ज्यालले किशोरीको अक्सिजन लेबल घटेको जानकारी दिँदै तत्काल अन्यत्र रिफर गर्नुपर्ने बताए।

प्रतिकूल मौसमले हवाई उड्डयन हुन नसक्दा किशोरी गिरीको हवाई उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए। उनले भने, “ मौसम सफा हुने बित्तिकै किशोरीको उद्धार हुन्छ। जिल्लामा हेलिकप्टर आउन सकेको छैन।”

    सम्बन्धित समाचार...