१४ बैशाख २०८१, शुक्रबार

मन्त्रालय हराएको मन्त्री दिनहुँ खोज्दै सिंह

singh 750x375 1

प्रदेश २ सरकारले नेपाली काँग्रेसबाट महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री बनेका वीरेन्द्रप्रसाद सिंह मन्त्रालय खोज्दै हिडेका छन् ।

उनी मन्त्री बनेको ११ दिन बितिसक्दापनि मन्त्रालय फेला परेको छैन् । मोवाइल बालेर जेठ २६ गते राती सपथ लिएका सिंहले सोही राती समाजिक विकास मन्त्रालयमा रहेको राज्यमन्त्रीको कार्यकक्षमा पदबहाली गरेका थिए ।तर त्यसपछि उनी मन्त्रालयमा बस्न पाएका छैनन् ।समाजिक विकास मन्त्रालयले अलग्गै मन्त्रालय खोज्न भनेपछि उनी बिचल्लीमा परेका छन् । अँन्ध्यारोमा मोवाइल बालेर सपथ लिने महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री सिंहको मन्त्रालय नै हराएकोछ । सपथ लगतै पदभार ग्रहण गरेको मन्त्री सिंहको मधेस भवनमा न मन्त्रालय छ, नत कर्मचारी नै । मधेश भवनमा महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको बोर्ड सम्म राखिएको छैन । हतारमा समाजिक विकास राज्यमन्त्रीको कक्षमा कार्यभार सम्हालेका मन्त्री सिंहको मन्त्रालयमा बोर्ड अझै लागेको छैन । मन्त्री नियुक्त भएको एघार दिन बितिसक्दा समेत मन्त्रालयको बोर्ड, मन्त्रालयको महाशाखा, कर्मचारी र सचिव तोकिएको छैन । मन्त्रीको सपथ लिएर गृह जिल्ला गएका मन्त्री सिंह स्वागत र सम्मानमै व्यस्त छन् ।गृह जिल्ला सर्लाही र जनकपुर आवत जावत गरिरहेका मन्त्री सिंह आर्थिक मामिला तथा योजना मन्त्रालयको चाकडीमा जुटेका छन् ।

भौतिक पुर्वाधार विकास मन्त्रालय विभाजन गरी खानेपानी तथा उर्जा विकास मन्त्रालयको साविकको भौतिक पुर्वाधार राज्यन्त्रीको कार्यकक्षमा राखिएको छ । भौतिक पुर्वाधार मन्त्रालयकै भवनमा भौतिक पुर्वाधारको बोर्ड भन्दा अलग खानेपानी तथा उर्जा विकास मन्त्रालयको बोर्ड लगाइएको छ । कर्मचारी र सचिव नतोकिएको कारण मन्त्री सर्राफपनि मन्त्रालय बस्दैनन् । समाजिक विकास मन्त्रालय विभाजन गरी बनाइएको महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय प्रशासनिक, योजना, महाशाशा, निर्देशनालय केहि टुंगो लाग्न सकेको छैन । जनशक्ति अभाव र सचिव सरुवाले काम गर्न नसकेको भन्दै संघिय सरकार बिरुद्ध बारम्बार खनिने मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय विभाजन गरी मन्त्री नियुक्त गरेपनि मन्त्रालय भवन, मन्त्रालयलाई आवश्यक कर्मचारी उपलब्ध नगराउदा नवनियुक्त मन्त्री सिंह गाडीमै सिमित छन् ।