१३ बैशाख २०८१, बिहीबार

पहिरा र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँः हेलम्बु गाउँपालिका

thumb 7

हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ ।

आज एक सूचना जारी गर्दै सो गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आकस्मिक बाढी आउनुको कारण वडा नं १ मा अवस्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो गएको जनाएको छ ।

सूचनामा सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हालसम्म यकिन नभएकोले थप बाढी जान सक्ने जनाउँदै उच्च सावधानी तथा सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।