१६ चैत्र २०८०, शुक्रबार

चितवनमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने २१ सवारीसाधन नियन्त्रणमा

tipper niyantranma

चितवन प्रहरीले अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने २१ सवारीसाधन नियन्त्रणमा लिएको छ ।

कालिका नगरपालिका वडा नं ८ र रत्ननगर न.पा. वडा नं १४ र १६ स्थित कयर खोलामा अबैधरुपमा उत्खनन् तथा चोरी निकासी गरिरहेको अवस्थामा शुक्रबार ती सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले जेसीबी एकवटा, टिपर २ वटा, ट्रयाक्टर १८ वटा गरी जम्मा २१ (एक्काइस) वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।