१८ श्रावण २०७८, सोमबार

हेलम्बु इलाका प्रहरी कार्यालय ढल्यो बडा कार्यालयमा पनि क्षति

60cd6d5be2e3a melamchi police office

गएरातीको मेलम्ची नदीमा आएको बाढीले इलाका प्रहरी कार्यालय हेलम्बुको भवन ढलेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले सो प्रहरी कार्यालय गएरातीको भीषण बाढीले ढलाएको बताउनुभयो । हेलम्बु गाउँपालिका २ किउलमा रहेको सो चौकी बाढीले ढाल्न सक्ने खतरा देखेर प्रहरीले हिजो नै सबै कागजात र सामान सारेको उहाँले जानकारी दिनुभएको छ ।
अहिले सो चौकी भाडाका घरमा सारिएको छ । गएरातीको बाढीले हेलम्बु गाउँपालिका को २ नम्बर वडा कार्यालय पनि बगाएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनु भयो । बाढीले हेलम्बु गाउँपालिका ४ मा रहेको इष्ट प्वाइन्ट एकेडेमीको भवन पनि बगाएको छ । मेलम्ची नगरपालिका ६ तालामाराङमा रहेको तेर्से माबिको भवनमा पनि क्षति पुगेको छ । बाढीले हेलम्बुको चनौटेमा रहेको रातो मोटरेबल पुल पनि बगाउने अबस्थामा पुगेको छ ।