२१ बैशाख २०८२, आईतवार

जापानको पानीजहाजभित्र क्वारेन्टाइनमा रहेका एक नेपालीलाई नयाँदिल्ली ल्याइयो

airindia

भारतले जापानको राजधानी टोकियोबाट कोरोना भाइरस संक्रमित पानी जहाज (डायमन्ड प्रिन्सेस क्रुज) मा रहेका एक नेपालीसहित ११९ आफ्ना नागरिकको उद्धार गरेको छ ।

कोभिड-१९ को संक्रमण देखिएपछि जापानी तटमा क्वारेन्टाइनमा राखिएको डाइमण्ड प्रिन्सेस क्रुजसिपभित्र रहेका एक नेपालीलाई भारतको नयाँदिल्ली ल्याइएको छ।

पानीजहाजभित्र रहेका भारतीय नागरिकलाई उद्धार गर्न गएको एयर इन्डियाको जहाजले ती नेपालीको पनि उद्धार गरेको हो।

भारतीय विदेश मन्त्रालयका अनुसार क्रुजसिपभित्र रहेकालाई ल्याएर एयर इन्डियाको जहाज बिहीबार बिहान दिल्ली आइपुगेको छ।

उद्धार गरिएका नेपालीको परिचय भने खुलाइएको छैन। डायमण्ड प्रिन्सेसबाट ल्याइएकाहरूलाई हरियाणास्थित क्वारेन्टाइनमा राखिने जनाइएको छ।

डायमण्ड प्रिन्सेसभित्र रहेका यात्रुहरूमध्ये सात सय चार जनालाई कोभिड १९ देखिएको छ भने ४ जनाको मृत्यु भइसकेको छ।

संक्रमण नफैलियोस् भनेर उक्त पानीजहाजलाई क्वारेन्टाइनमा राखिएको छ।

diamond princess

स्रोतका अनुसार भारतीय पक्षले पानीजहाजमा रहेका अन्य देशका नागरिकहरुले यदि चौध दिनको क्वारेन्टाइन अनिवार्य रुपमा बस्न तयार हुन्छन् भने उद्धार गर्ने प्रस्ताव राखेको थियो । जहाजमा रहेका एक जना नेपाली यात्रुले त्यसमा सहमति जनाए । त्यसपछि अन्य यात्रुसहित उनलाई पनि उद्धार गरेर दिल्ली ल्याइपुर्‍याइएको हो । तर, जहाजमा अरु कति नेपाली यात्रु छन् भन्ने चाहिँ खुलेको छैन ।

४ फेब्रुअरीमा पहिलो पटक उक्त जहाजमा रहेका १० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । तर, समयमै ती संक्रमितहरुको उद्धार नहुँदा जहाजमा यात्रा गरिरहेका तीन हजार सात सय यात्रुमध्ये सात सयमा कोरोनाको संक्रमण देखिएको जनाइएको । यस्तै चार जनाको मृत्यु भइसकेको छ । अमेरिकाले जहाजमा रहेका आफ्ना नागरिकहरुलाई यसअघि नै उद्धार गरिसकेको थियो ।