१२ बैशाख २०८१, बुधबार

टेनिस सुन्दरी सारापोभाले गरिन् संन्यासको घोषणा

maria sharapova

विश्व प्रख्यास रसियन टेनिस सुन्दरी मारिया सारापोभाले टेनिस खेलबाट सन्यासको घोषणा गरेकी छन् । 

पाँच पटककी ग्रान्डस्लाम विजेता सारापोभा पछिल्लो समय चोटका कारण खेलमा फर्कन संघर्षरत थिइन्।

पूर्व विश्व नम्बर एक सारापोभाले २००४ मा विम्बल्डन टेनिसको उपाधि १७ वर्षको उमेरमा जितेर इतिहास बनाएकी थिइन्। पछिल्लो समय चोटका कारण खेल्न नसकेकी सारापोभाले आफु खेलका लागि फिट नभएको भन्दै सन्यास लिने बताएकी हुन् ।

हाल उनी ३७३ वरीयतामा छिन्। सन् २०१९ को अस्ट्रेलियन ओपनको चौथो चरणमा पुगे यता ३२ वर्षीया सारापोभाले तीन खेल मात्र जितेकी थिइन्।

सन् २०१६ मा प्रतिबन्धित औषधी सेवन गरेका कारण उनीमाथि २ वर्षको प्रतिबन्ध लगाइएको थियो।

प्रतिबन्धमाथि अपिल गरेकी सारापोभालाई पछि १५ महिना मात्र प्रतिबन्ध लगाइएको थियो। प्रतिबन्धपछि खेलमा फर्किएकी उनले ग्रान्डस्लाम टेनिसको क्वार्टरफाइनल भन्दा माथि स्थान बनाउन सकिनन् भने वरीयतामा २१ स्थानभन्दा माथि उक्लन सकिनन्।

सारापोभाले २००४ मा विम्बल्डन जितेपछि २००६ मा युएस ओपन जितेकी थिइन्। सन् २००८ मा अस्ट्रेलियन ओपन जितेकी उनले २०१२ र २०१४ मा फ्रेन्च ओपन जित्दै चार वटै ग्रान्डस्लामको उपाधि जित्ने इतिहास बनाइन्।

चोटकै कारण ३२ बर्षकै उमेरमा उनले कोर्ट छाड्ने संकेत गरेकी हुन् । सारापोभाले एक म्यागाजिनमा लेग लेग्दै अब टेनिस खेल्न नसक्ने बताएकी छन् । उनले भनेकी छन्–‘म टेनिसका लागि नयाँ हुँ । पछिल्लो समय टेनिस मेरो लागि पहाड भयो । मलाई माफ गर्नुहोस् । म गुडवाई भन्न चाहन्छु ।’

टेनिस दुनियाँमा सारापोभा सेलिब्रेटीको रुपमा स्थापित छिन्। एजेन्सी

    सम्बन्धित समाचार...