१९ बैशाख २०८१, बुधबार

साङ्घार खोलामा बाढी २० घर सुरक्षित स्थानमा सारियो

60cc6d4ba3518 flppd

सल्यान, छत्रेश्वरी गाउँपालिका ६ र शारदा नगरपालिका १३ को सिमानामा रहेको साङं्घार खोलाका २० घर जोखिममा परेका छन् । लान्ती–लेखपोखरा–दहखोला सडकको छेउमा रहेको सांङ्घार बस्तीमा सांङ्घार खोला संगै शारदा नदि वाढी पसेपछि जोखिम रहेको छ ।

वस्ती जोखिम परे त्यहाँ रहेका २० घर परिवार आफन्तहरुको घरमा सारिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सुरक्षाकर्मीले सर्वसाधारणको तत्कालै उद्दार गरेका छ भने घरभित्रका मालसामान पनि सुरक्षित स्थानमा पु¥याएइएको जिल्ला प्रहरीका कार्यालय सल्यानका प्रमुख गोविन्द थापाले । उहाका अनुसार दुईतिरबाट आएको वाढिले वस्ती जोखिममा परेको छ । त र यहाँ कुनै मानवीय क्षति भएको छैन ।

प्रहरी र स्थानीयको सहकार्यमा घरभित्रका मालसामानलगायत सामान सुरक्षित गरिएको उहाको भनाई छ ।