१४ बैशाख २०८१, शुक्रबार

पेट्रोल पम्पमा काम गर्नेलाई खोप नदिए आन्दोलन गर्ने चेतावनी

1556736729
फाइल फोटो

पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन पाएका छैनन् । पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएको उनीहरूले गुनासो गरेका हुन् ।

खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले विज्ञप्ति नै निकालेर चेतावनी दिएका छन् । खोप लगाउन नपाएको सन्दर्भमा शनिबार बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खोपको व्यवस्था हुन नसके पम्प व्यवसायीहरूले कारोबार चलाउन नसक्ने बताइरहेका छन्। कोरोना महामारीमा जोखिम मोलेर काम गरेका मजदुरलाई खोप लगाउने व्यवस्था सरकारले मिलाउनुपर्ने उनीहरूको भनाइ छ। गत बुधबारदेखि उनीहरूले पेट्रोलियम पदार्थ खरिद नगर्ने चेतावनी दिएपछि खोप व्यवस्थापन गर्ने कुराकानी भएको थियो।