
धनकुटामा कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले असार ११ गते सम्म जिल्ला भर लागु हुने गरि निषेधाज्ञा समय थप गरेको छ ।
यस अघि आज राती १२ बजे सम्मलाई मात्र लागु गरिएको निषेधाज्ञा लाई थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालद्वारा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अत्यावश्यकीय सेवा पसल बिहान ७ बजे देखि दिउँसो १ बजे सम्म खोल्न पाइने भएको छ । बैङ्क तथा वित्तीय संस्था लाई हप्ताको ४ दिन बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म मात्र खोल्न दिइने भएको छ ।
विद्यालय, हाटबजार, सिनेमा हल लगायतका भिडभाड हुने अन्य सङ्घ संस्थाहरू भने बन्द रहने छन् । खुला रहने स्थानहरू समेत सञ्चालन गर्दा पूर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना भने अनिवार्य गर्नु पर्ने भएको छ ।
कार्य स्थलमा काम गराउँदा पन्जा, माक्स, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री सम्बन्धित रोजगार दाताले कामदार लाई उपलब्ध गराउन समेत भनिएको छ ।