१५ चैत्र २०८०, बिहीबार

चीनको ल्याबबाट कोरोना भाइरस ‘लिक’ भएजस्तो लाग्दैन : बेलायती प्रधानमन्त्री

46b266d6b0fe4daea23d869c9284092e 18

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जि७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले सो पत्रकार सम्मेलनमा भने– शुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोना भाइरसको किटाणु लिग भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन । सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा यसको किटाणु उक्त ल्याबाट निस्किएको भनिएको थियो । विशेष गरेर अमेरिकाले सो कुरा बताएको थियो ।

तर चीनले भने अमेरिकाको यो दोषारोपण मात्र हो भनेको थियो । विश्व स्वास्थ्य संगठनले पनि चीनमा पुगेरै यस विषयमा अनुसन्धान गरेको थियो । उता केही समय अघि बेलायतका विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको देखिएको बताए ।