१४ बैशाख २०८१, शुक्रबार

पहिलो खेलाडीको रुपमा नेपाली पारातेक्वान्दोकी पलेशाले पाराल्याम्पिक खेल्ने

palesha 895x1024 1

नेपाली पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पाराल्याम्पिक गेम्स २०२० मा प्रतिस्पर्धा गर्ने भएकी छिन्। पलेशाका लागि वाइल्ड कार्डमार्फत पाराल्याम्पिक खेल्ने बाटो खुला भएको नेपाल तेक्वान्दो संघले जनाएको हो ।

जापानको टोकियोमा आगामी भदौ १७ देखि १९ गतेसम्म आयोजना हुने पाराल्याम्पिकमा गोवर्धनले के. ४४, ५८ केजी मुनिको प्रतिस्पर्धामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्नेछिन्।

नेपाली पारातेक्वान्दो खेलाडीहरूले आगामी जेठ ७ गते जोर्डनको अम्मानमा हुने पाराल्याम्पिकको लागि छनौट प्रतियोगिता खेल्नु पर्ने थियो । तर महामारीका कारण अन्तराष्टिय हवाई उडान बन्द भयो । साथै उक्त छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्न विदेशी खेलाडीहरूले तेश्रो मुलुकमा कम्तिमा २ हप्ता आइसोलेशनमा बस्नु पर्ने बाध्यता भएकोले छनौट प्रतियोगिताबाट बञ्चित हुनुपरेको थियो।

    सम्बन्धित समाचार...