७ बैशाख २०८१, शुक्रबार

निषेधाज्ञामा हुण्डी कारोबार फस्टायो

hundi karobari 750x375 1

जेठ २६ गते श्रोत नखुलेको करिव ३१ लाख रुपैयाँसहित दुई भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरियो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित मोतिहारी जिल्लाको घोडासहान बस्ने बन्टीकुमार कलवार र सुरज कलवार रहेको छ । जिल्लाको परोहा नगरपालिका–९ रामपुरखापमा सवारी चेकजाँचको क्रममा बीआर ०५ आर ४५२१ नम्बरको भारतीय मोटरसाइकलमा बसेकाहरुको साथबाट स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँ बरामद जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहको भनाई छ । उनीहरुको साथबाट बरामद भएको उक्त रकम बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि, १४ भदौमा भारतबाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ लिएर नेपाल आउदै गरेका धनुषाका नगराईन नगरपलिका जटहीमा ३५ वर्षीय रामबाबु यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरे । १२ भदौमा पनि रौतहटको ईशवरनाथ नगरपालिकाका–९ मा सशस्त्र प्रहरीले गोप्य सुचनाको आधारमा बिआर ३० एन ९५८० नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउदै गरेका राजपुर नगरपालिका–२ का दिनेश साहलाई २८ लाख ५१ हजार ९ सय ६० सहित पक्राउ गरियो । यसअघि सिरहाको अर्नामा नगरपालिकामा २० लाख भारु सहित एक नेपाली नागरिकलाई सशस्त्र प्रहरीेले चेकजाँचको क्रममा पक्राउ गरे । प्रदेश २ का प्रदेश प्रहरी कार्यालय अनुसार गत श्रावणदेखि अहिले सम्म करिव डेढ करोड रुपैयाँ हुण्डीको रकम विभिन्न स्थानबाट बरामद भएको छ । जवकी गत आर्थिक वर्षमा ९४ लाख ५१ हजार रुपैयाँ मात्रै बरामद भएको थियो । यसले पनि औसत रुपमा लकडाउनको अवधि हुण्डी कारोवारमा वृद्धि भएको देखिन्छ । यसरी पछिल्लो केहि दिनदेखि भारतबाट श्रोत नखुलेका रुपैयाँ हुण्डी मार्फत नेपाल आउने गरेका छन् । पहिला नेपालबाटै नै हुण्डी मार्फत भारत पैसा पठाईन्थ्यो । तर निषेधाज्ञाले नेपाली बजार ठप्प र सिमानामा प्रहरीले कडाई गरेपछि भारतबाटै दैनिक लाखौ रुपैयाँ हुण्डी गरेको माथिका यी घटनाहरुले देखाउछन् ।

एक सुरक्षा अधिकारीले भने,‘ भारतबाट नेपालमा हुण्डी कारोवार पहिलापनि हुन्थ्यो तर लकडाउनमा अवस्था फरक हुन्थियो । ‘पहिला हुण्डीका कारोवारीले नेपालबाट मटर, केराउ, अलैची लगायतका समानहरु खरिद गरि भारतमा निर्यात गर्थे । तर अहिले सिमानामा प्रहरीको कडाई र नेपालबाट भारत तर्फ समान निर्यातमा बन्द भएपछि हुण्डी कारोवारीहरुले एजेन्ट नै खटाएर पैसा नेपाल पुर्याउने गरेका छन्,’ उनले भने । सशस्त्र प्रहरीका प्रदेश २ प्रमुख डिआईजी सिद्धि गौतमले पछिल्लो केहि महिना यता भारतबाट अवैध रुपमा हुने पैसाको कारोवार बढेको बताए । निषेधाज्ञाले नेपाली बजार बन्द रहेको अवस्थामा भारतीय बजारबाट विभिन्न प्रयोजनको लागि हुण्डि मार्फत नेपालमा पैसा आउने गरेको बताए । हुण्डी कारोवारका अनेक कारण हुन्छ,डिआईजी गौतमले भने,‘ अहिलेपनि लाखौ नेपाली भारतमा मजदुरी गरिरहेका छन्, निषेधाज्ञाका कारण बैंक वितिय संस्थाहरु बन्द रहेको अवस्थामा उनीहरु हुण्डी मार्फत नै घरमा पैसा पठाउने गर्ने छन्, अर्को निषेधाज्ञामा आर्थिक अवस्था दयनीय भए पनि कतिपय नेपालीले भारतमा रहेका आफ्ना नातेदारसँग पैचो अथवा साप्टी रुपमा नेपाल पैसा ल्याउने गरेको पाईएको छ ।’