१५ चैत्र २०८०, बिहीबार

दमौली–मुग्लिङ सडक खण्डमा पर्ने आँबुखैरेनीमा सडक भाँसियो

aabuuuu2

पृथ्वी राजमार्ग अन्तर्गत दमौली–मुग्लिङ सडक खण्डमा पर्ने आँबुखैरेनीमा सडक भासिएको छ ।

गत आइतबारदेखि अविरल वर्षाले तनहुँको आँबुखैरेनी–४ साँखरमा पहिरो गएको थियो । पहिरोबाट सडक करिब ३० मिटर भागमा क्षति पुगेको छ ।पहिरोले सडकमा क्षति पुगे सँगै केही बेर सवारी आवगमन अवरुद्ध हुन पुगेको थियो । अहिले एकतर्फी रुपमा राजमार्ग सुचारु भएको प्रहरीले जनाएको छ ।

aabuuuu1