
भारी वर्षाका कारण आएको बाढीले मनाङको सदरमुकाम चामेमा ६ घर बगाएको छ । दुईवटा खोलामा आएको बाढीले चामेमा ट्रस्ट बनाएर बसेका थुप्रै होटल र पसलहरु समेत बगाएको छ ।
उक्त स्थानमा अहिले पनि भासिने क्रम जारी रहेको घटनास्थलमा रहनुभएका विश्व पौडेलले जानकारी दिनुभएको छ ।
चामेका बासिन्दालाई तत्कालै माडास्थित कारागारमा पुर्याएका कारण मानवीय क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
बाढीका कारण जिल्ला प्रहरी कार्यालय समेत डुबानमा परेको छ ।