१३ बैशाख २०८१, बिहीबार

प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड (पूर्ण पाठ)

tanka angbuhang

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड बजेट प्रस्तुत गरेकाे छ ।

आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको थियो । तर आगामी आर्थिक वर्षका लागि आठ अर्ब घटाएर बजेट प्रस्तुत गरेको हो ।

मन्त्री आङ्बुहाङ्ले चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पुँजीगततर्फ १५ अर्ब पाँच करोड ३५ लाख बजेट विनियोजन गरेको बताए ।

प्रदेशले स्थानीय तह वृत हस्तान्तरणतर्फ तीन अर्ब २२ करोड ४२ लाख छ र वित्तीय व्यवस्थापनतर्फ तीन करोड रूपैयाँ विनियोजन गरेको छ ।

आगामी वर्ष प्रदेशले आन्तरिक राजस्वबाट चार अर्ब, करोड ७७ लाख, राजस्व बाँडफाँडबाट नाै अर्ब ८१ करोड ६६ लाख, समानकिरण अनुदानतर्फ आठ अर्ब ५६ करोड ७८ लाख प्राप्त गर्ने छ ।

सङ्घीय सरकारले दिने सशर्त अनुदानतर्फ पाँच अर्ब ९६ करोड ७७ लाख, समपूरक अनुदानतर्फ एक अर्ब १६ करोड ४८ लाख, प्रदेशको बचतबाट दुई अर्ब र २६ करोड १३ लाख वैदेशिक अनुदानबाट बजेट खर्च व्योहोरिने मन्त्री आङ्बुहाङ्ले बताए ।

हेर्नुस् बजेटकाे पूर्ण पाठः