७ बैशाख २०८१, शुक्रबार

माओवादी नेता पाण्डेको हत्या परपुरुषसँग लागेकी श्रीमतीकै योजनामा, ९ जना पक्राउ

rupandehi maobadi neta hatyara pakrau

कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि भएको छ । गत जेठ ५ गते कपिलवस्तु नगरपालिका- ६ गोबरी सडकखण्डमा गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो ।

हत्यामा उनकै श्रीमती महिमा पाण्डेयको हात रहेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । महिमाले कपिलवस्तु नगरपालिका-१ का ३९ वर्षीय ओमप्रकाश यादवसँग मिलेर हत्याको योजना बनाएकी थिइन् । ओमप्रकाशसँग महिमाको अनैतिक सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।

कपिलवस्तुका प्रहरी प्रवक्ता धर्म भण्डारीले श्रीमतीको अनैतिक सम्बन्धबारे दीपक पाण्डेलाई थाहा भएपछि हत्याको योजना बुनिएको बताए ।

‘महिमा र ओमप्रकाशले हत्यामा कपिलवस्तु नगरपालिका- २ सागरटोल बस्ने रमजान साह मुसलमान र साकिर अली पखियालाई प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने । दीपकको हत्या गर्ने व्यक्तिहरूलाई हतियार सप्लाई गर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    सम्बन्धित समाचार...