१५ चैत्र २०८०, बिहीबार

कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बियो

jilla prasashan kailali 20210324162658

कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् । परिमार्जित निषेधाज्ञाअनुसार अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय, संस्थानबाहेक अन्य सरकारी कार्यालय र सार्वजनिक निकायको सेवा बन्द रहनेछ ।

वीमा, बैंक तथा वित्तिय संस्थाको सेवा विहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्न पाइने, सभा, सम्मेलन, गोष्ठी, तालीम, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहरी, क्लब स्विमिङ पुल, पार्क, सैलुन, जिमखाना भने सञ्चालन गर्न पाइनेछैन् ।

यस्तै खाद्य सामाग्रीका पसलहरु, निर्माण सामाग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स, भाडा वर्तनका पसल, पुस्तक पसल, कपडा तथा फेन्सी पसल, टेलरिङ सेन्टर, विहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । वर्कसपहरु विहान ८ बजेदेखि साँझ ६ बजेसम्म, होटल, रेष्टुरेन्ट, खाजा तथा चिया पसलहरु बन्द रहनेछन् भने विहान ८ बजेदेखि साँझ ८ बजेसम्म टेक अवे सेवा सञ्चालन गर्न सकिनेछ ।

201349047 192671239413436 7510686077714396101 n 1