८ बैशाख २०८१, शनिबार

बाजुरामा निषेधाज्ञा फोरि लम्बियो

cdo office bajura2021 05 13 06 16 49

गत बैशाख २२ गते देखि जारी निषधाज्ञा सोमवार पनि थपेर असार सात गते सम्म लम्ब्याएको हो । जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो पार्दै एक हप्तासम्म थप्ने गर्ने निर्णय भएको हो । सोमबार दिउसो जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी असार ७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी द्वारा जारी गरिएको आदेश पत्रमा उल्लेख छ ।

कोभिड–१९ को सङ्क्रमणको दर क्रमसः घटदै गएको तर पुर्ण रुपमा नियन्त्रण नआइसकेकोले कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले बैशाख २२ गते बाट जिल्लाभर लागु भएको निषेधाज्ञालाई क्रमशः खुकुलो पार्दै असार ७ गते सम्म थप्ने निणर्य भएको अधिकारीले बताए ।

थपिएको निषेधाज्ञाको अवधिमा असार १ गतेबाट होटेल तथा मदिरा पसल र सैलुन बाहेक अन्य पसलहरु विहान ६ बजेबाट १२ बजेसम्म खोल्न पाइने छ। फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, फैन्सीरकपडा, निर्माण सामग्रीका पसलमा काम गर्ने व्यक्तिको अनिवार्य मास्क लगाएको हुनुपर्ने छ ।

निषेधाज्ञामा के खोल्न् पाइने के खोल्न नपाइने हेर्नुहोस :

-साथै जिल्ला भित्रको लागिमात्र दुई पाङग्रे सवारी साधनहरु संञ्चालन गर्न दिने तर अनिवार्य रुपमा मास्क लगाउनु पर्ने छ ।

-खाद्यय व्यवस्थापन तथा व्यापार कम्पनि लिमिटेड विक्री हुने चामलको विक्री बिहान १० बजेबाट २ बजे सम्म खोल्न दिएको छ ।

-विद्यालयहरुले स्वास्थ्य सावधानि अपनाएर विद्यार्थी भर्ना पाठयपुस्तक वितरण जस्ता कार्य अगाडि बढाउने र पठनपाठनभने भौतिक उपस्थितीमा नगराई बैकल्पिक उपाय अबल्म्बन गर्ने।

-मास्क नलगाइ हिडने वा स्वीकृत नलिइ सवारी सावधन कुदाउने वा स्विकृत लिएको भए पनि सिट क्षमता भन्दा बढि यात्रु चढाउनेहरु माथि पुर्व सुचना बमोजिमको जरिवना गर्ने कार्यलाई कायम राख्ने ।

-सरकारी कार्यालयहरुबाट प्राप्त गर्नुपर्ने सेव सेवा नपाउँदै कसैलाई समस्या हुने भएमा सम्बन्धित कार्यालयले बास्तविक व्यहोरा बुझेर आबश्यक स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक भएका व्यत्तिहरुलाई सेवा प्रवाह गर्ने छ ।

-कुनै स्थानीय तहमा कोरोना संक्रैमितको संख्या बढेमा सम्बन्धित ठाउंमा जुनसुकै बेल पनि निषेधाज्ञा लागु गरिने छ ।बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म अनिवार्य स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन हुनेछन् ।

-विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिनेछन्। गाउँ तथा नगरपालिकाको आर्थिक तथा प्रशासनिक काम विकास निर्माणका कामको भुक्तानी गाउँ तथा नगरपालिकाले तोकेको समयमा सञ्चालन गर्न पाइने छ।

-भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकुद गतिविधिलगायतका कार्यक्रम भौतिक उपस्थितीमा गर्न पाइने छैनन्। निषेधाज्ञाको उल्लङ्घन गरेमा, कालोबजारी गरेमा, तोकेको मूल्यभन्दा बढी मूल्य लिएमा, म्याद नाघेका खाद्यवस्तुको विक्रीवितरण गरेमा र पसलमा मूल्यसूची नराखेमा कानूनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।