१३ बैशाख २०८१, बिहीबार

प्रदेश प्रमुख अधिकार क्षेत्र भन्दा बाहिर, सरकारलाई समानुपातिक, समावेशी बनाउन दबाब

152716898 712858686059294 553426365733471490 n 1 750x375 1

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिराज’ले प्रदेशको मन्त्रीमण्डललाई समानुपातिक, समावेशी बनाउन मुख्यमन्त्री लालबाबु राउतलाई पत्राचारगरि दवाव दिएका छन् ।

प्रदेश सरकारमा गैर मधेशी, महिला, दलित लगायतको प्रतिनिधित्व नरहेकाले उनीहरुलाई समेत सरकारमा सहभागी गराउन उनले पत्रमार्फत मुख्यमन्त्रीलाई दवाव दिएका हुन् । चार पृष्ठ लामो पत्रमा उनले सरकारलाई संघीयताको मर्म सम्झाउदै गैर मधेशीहरुलाई समेत सहभागि गराउन जोड दिएका छन् । ‘प्रदेश प्रमुखको पत्र शुभ संकेत होइन्’ कानुन व्यवसायी समेत रहेका पूर्व राज्यमन्त्री रामसिंह यादवले भने, राजनीतिक दलको विधानमा नै समानुपातिक, समावेशी प्रतिनिधित्वको प्रावधान रहेकाले निर्णय गर्ने अधिकार दलहरुको हो ।सरकारमा अनेक दलको सहभागिता हुने भएकाले समानुपातिक, समावेशी बनाउन ब्यवहारिक कठिनाइ रहेको उनले बताए । राजेश झाका लागि संघीय सरकारले गैर मधेशी दलित प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेको थियो ।प्रदेश २ मा मुख्यमन्त्री मुसलमान, मन्त्रीहरु मधेशी (समावेशी), योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा रहेको अवस्थामा राजेश झा कुन समावेशी सिद्धान्त अन्तरगत प्रदेश प्रमुख बनेको भन्ने प्रश्न राजनीतिक दलका नेताहरुले गर्न थालेका छन् । ‘संविधानले निर्दिष्ट गरेको भन्दा बाहिर जाने अभ्यास लोकतान्त्रिक मुल्य मान्यता अनुकुल होइन्’ उमेश कुमार साहले भने, अन्य ६ वटा प्रदेशमा नभएको अभ्यास प्रदेश २ मा हुनु दूर्भाग्यपूर्ण हो । झा संघीयता बिरोधी भएकै कारण प्रदेश प्रमुख बनेका हुन् ।

प्रदेश प्रमुख भएर आउँदा देखि नै उनी एउटा दलको कार्यकर्ताको रुपमा निर्देशित भएर काम गरेको साहले आरोप लगाए ।संवैधानिक मर्यादा भित्र रहेर कामगर्दा नै उपयुक्त हुने उनले सुझाव दिए । तर मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुख झाको सुझावलाई समान्य रुपमा लिएको बताए ।‘प्रदेश प्रमुख जीको सुझावलाई समान्य रुपमा लिएको छु’ उनले भने, तर अन्य प्रदेश र संघीय सरकारलाई समानुपातिक, समावेशी बनाउनपनि सुझाव दिए हुन्थ्यो । ‘संघीय सरकारले गर्ने राजदूत नियुक्ती, संवैधानिक नियुक्तीहरु समानुपातिक, समावेशी छैन्’ उनले भने, सरकार समावेशी हुनुपर्छ, तर सबै दलहरुले पठाउने प्रतिनिधि सरकारमा रहने भएकाले ब्यवहारिक रुपमा त्यसको चरित्र समानुपातिक नहुन सक्छ । मुख्यमन्त्री राउतको सचिवालयले प्रदेश प्रमुखको पत्रलाई तामेलि(पेण्डिंग)मा राखेको जनाएको छ । ‘प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र तामेलिमा राखिएकोछ’सचिवालयले भनेको छ । प्रदेश प्रमुख झा आएदेखि नै विवादाष्पद गतिबिधिहरु गर्दै आएका छन् । नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झाले झाको नियुक्ती प्रतिगमन भएको बताए ।प्रतिगमनकारी सरकारले दलित गैर मधेशीलाई अपमानपुर्ण ढंगले हटाउनु समानुपातिक, समावेशिताको खिलाफ रहेको झाले बताए ।