१५ चैत्र २०८०, बिहीबार

सोमबार थप २,९१८ जनामा कोरोना संक्रमण, ५३ जनाको मृत्यु, ५,१४७ जना संक्रमणमुक्त

corona insurance

नेपालमा सोमबार थप २ हजार ९ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ४ सय ३८ पिसिआर परिक्षणका क्रममा दुई हजार ४९ जना र ५ हजार ३ सय ८१ एन्टीजेन परिक्षणका क्रममा ८६९ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३१ हजार ८६० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ८ हजार चार सय ६५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार थप ५ हजार १ सय ४७ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ५ लाख ३६ हजार २५२ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा ६५ हजार ८०४ जना संक्रमित आइशोलेशनमा र ५३१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३२ लाख २४ हजार १६३ वटा पिसिआर र १ लाख १३ हजार २१० वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।