८ बैशाख २०८१, शनिबार

कफी सप सञ्चालकको लापरबाहीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

aaglagi 1022020035023 1000x0 1

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा लापरबाहीका कारण आगलागी भएको पाइएको छ।

माघ २७ गते विमानस्थलमा भएको आगलागरी बारे छानबिन गर्न गठित समितिले कफी सप सञ्चालकको लापरबाहीका कारण आगलागी भएको निश्कर्षसहितको प्रतिवेदन संस्कृतिय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई बुझाएको छ।

छानबनि समितिले कफी सप सञ्चालकले एयर कन्डिसन र फ्रिज सँगसँगै राखेको, त्यसको तार तथा विद्युत आपूर्तिबारे वर्षौँसम्म बेवास्ता गरेको र त्यसको पछाडी फोहोर थुपार्दा पग्लिएको तारमा करेन्ट सट हुँदा आगलागी भएको ठहर गरेको छ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा गठित समितिले मंगलबार बुझाएको प्रतिवेदनमा कफी सप सञ्चालकलाई नै आगलागीको दोषी ठहर गरेको छ। समितिले सात दिनको अध्ययनपछि प्रतिवेदन बुझाएको छ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फ भएको आगलागीका कारण करिब दुई घण्टा उडान तथा अवतरण बन्द भएको थियो।