१४ बैशाख २०८१, शुक्रबार

चितवनमा आज एकैदिन पाँच कोरोना संक्रमितको मृत्यु, ४८ संक्रमित थपिए

covid death

चितवनका विभिन्न अस्पतालमा विगत २४ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार मृतकहरु मध्ये भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा २ जना र पुरानो मेडिकल कलेजमा १ जना रहेका छन् । जसमध्य चितवनका ३ जना र बाहिर जिल्लाका २ जना रहेका छन् । आज विभिन्न अस्पतालमा २४ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।

त्यसैगरी चितवनका विभिन्न अस्पतालमा ३०६ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा १११ जना, भेन्टिलेटरमा ३८ जना, एचडीयूमा ४६ जना र सामान्य बेडमा १५२ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी स्वास्थ्य कार्यालय चितवनको अनुसार विगत २४ घण्टामा चितवनमा ४८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्य भरतपुर महानगरमा ३१ जना, खैरहनीमा २ जना, माडीमा १० जना, रत्ननगरमा २ जना, राप्तीमा १ जना र कालिकामा २ जना रहेका छन् । यो सँगै चितवनमा संक्रिय कोरोना संक्रमितको संख्या १७ सय रहेको छ । जसमा घरमा आइसोलेसमा एक हजार पाँच सय २२ जना, अस्पतालको आइसोलेसनमा १४३ जना र सार्वजनिक आइसोलेसन केन्द्रमा ३५ जना रहेका छन् । आजसम्म चितवनमा कोरोना संक्रमणको कारणले ज्यान गुमाउनेको संख्या २४२ पुगेको छ ।