१४ बैशाख २०८१, शुक्रबार

अब फोन गर्न साथ दमकल घटना स्थलमा : नगरप्रमुख अधिकारी

nagar pramukh

कपिलवस्तु शिवराज नगरपालिकाले नगरपालिकाले दमकल खरिद गरी संचालनमा ल्याएको छ । नगरपालिकाले यस वर्षको योजनामा दमकल खरिदको लागि रु ८० लाख र एम्बुलेन्स खरिदको लागि रु ३२ लाख बजेट विनियोजन गरेको थियो ।

नगरमा केहि समय अघि दुई वटा एम्बुलेन्स खरिद गरी संञ्चालनमा ल्याएको थियो । एम्बुलेन्स खरीद गरे सगैँ धेरै रकम तिर्नुपर्ने बाध्यतामा राहत पुग्ने प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले बताउनुभयो

अहिले एम्बुलेन्सको लागि दुई जना चालक र दमकलको लागि २ जना फायरमेन र एक जना चालक नियुक्तिको प्रकिृयामा रहेको अर्यालले बताउनुभयो । दमकल संचालनको विषयमा भने कार्यपालिकामा छलफल पछि निर्णय हुने उहाँको भनाई छ ।

निर्वाचन पश्चात् आफूले दमकल र एम्बुलेन्स ल्याउन धेरै प्रयास गरेपनि यस वर्ष भने सफल भएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । विभिन्न प्राविधिक कारणले गर्दा वर्ष ल्याउन नसकिएको जनाउँदै अब नगरवासीहरुलाई सहज हुने बताउनुभयो ।

हावाहुरीको समयमा अत्यधिक आगलागीका घटनाहरु हुने तर नगरमा दमकल नहुँदा अन्य तहको भरमा बस्नुपर्ने वाध्यता रहेको स्मरण गर्नुभयो । “अब फोन गर्न साथ दमकल घटना स्थलमा पुग्छ, नगरप्रमुख अधिकारीले भन्नुभयो,“एम्बुलेन्सले नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह गर्ने छ,निम्न वर्गहरुको लागि विशेष छुट समेत गर्ने योजना छ, ।”