
गण्डकी प्रदेशका विपक्षी सांसदहरू नयाँ सरकार दाबी गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलकहाँ पुगेका छन्। आजै प्रदेश प्रमुखले २४ घन्टाको समय दिएर नयाँ सरकार गठन आह्वान गरेकी हुन् ।
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसद अहिले प्रदेश प्रमुखकहाँ पुगेका छन्।
कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र राजिव गुरूङसहित ३१ जना सांसद प्रदेश प्रमुखकहाँ पुगेका हुन्। बिहीबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पक्षमा जम्मा २७ मत आएको थियो। ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुग्न ३१ जना आवश्यक पर्छ ।