८ बैशाख २०८१, शनिबार

बेरोजगार भएपछि कंगानाले आधा कर पनि तिर्न नसकेको खुलासा

Kangana Ranaut

कोरोेनाका कारण अहिले फिल्म क्षेत्र ठप्प रहेका छन् । फिल्म क्षेत्र ठप्प भएपछि कलाकार तथा प्राविधिक लगायत सबै बेरोजगार भएका छन् । त्यस कारण उनीहरुले सरकारलाई तिर्दै आएको कर तिर्न नसक्ने भएको बताउन थालेका छन् ।

बलिउड अभिनेत्री कंगना रनावतले आफु बेरोजगार भएको भन्दै आफूले सधैँ तिर्दै आएको कर तिर्न नसकेको बताएकी छन् । उनले सो कुरा सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छिन् । कंगनाले आफू बलिउडमा सर्वाधिक धेरै कर तिर्ने अभिनेत्री भएको दाबी गर्दै पहिलो पटक करको आधा हिस्सा रकम तिर्न पनि समस्या भएको सञ्जालमा लेखेकी छन् ।

‘म सबैभन्दा बढी कर तिर्ने नायिका हुँ । मैले आफ्नो आम्दानीको ४५ प्रतिशत कर तिर्ने गरेकी छु । तर, काम नभएको कारण मैले गतबर्षको करको आधा रकम पनि तिर्न सकेकी छैन । जिवनमा पहिलो पटक मैले कर तिर्न ढिलाई गरेकी हुँ । व्यक्तिगत रुपमा हाम्रो लागि यो कठिन समय हुनसक्छ । तर, एकसाथ हुँदा हामी समय भन्दा पनि बलवान छौं,’कंगनाले लेखेकी छन् ।