१४ बैशाख २०८१, शुक्रबार

दक्षिण अफ्रिकामा सैतीस वर्षीया महिलाले जन्माइन् एकै पटक १० सन्तान, श्रीमान छक्क

word record 10 kids 1623308851

दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएकी छन् । एकै पटकमा तीन वटाभन्दा बढी बच्चा जन्मिनुलाई दुर्लभ घटना मानिन्छ । तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ, तर यो सत्य हो । सम्भावतः एकै पटक यति धेरै बच्चा जन्मिएको यो नै नयाँ कीर्तिमान हुन सक्ने पनि जनाइएको छ ।

पहिला स्क्यान गर्दा गर्भमा आठ वटा मात्र बच्चा देखिए पनि १० वटा जन्मिँदा आफू छक्क परेको गोसियामे थमारा सिथोलेका पतिले जनाएका छन् ।

पहिला गर्भवती अवस्थामा भिडियो एक्सरे गर्दा गर्भमा आठ वटा मात्र बच्चा देखिएको र पछि १० वटा बच्चा जन्मिएको बीबीसीले उल्लेख गरेको छ । गोसियामे थमारा सिथोलेका पतिले १० बच्चा जन्मिँदा आफू छक्क परेको बताएका हुन् ।

10 child born

प्रिटोरीआ न्यूजमा टेबोहो सोतेत्सीले उधृत गर्दै बीबीसीले लेखेको छ, ‘सात छोरा र तीन छोरी छन् । म खुसी छु, म भावुक भएको छु । म धेरै कुराकानी गर्न सक्दिनँ ।’

छ वर्षअघि पनि सैँतीस वर्षीया सिथोले जुम्ल्याहा बच्चा जन्माएको समाचारमा उल्लेख छ ।

गर्भवती भएको २९ सातामा सोमवार साँझ शल्यक्रिया गरेर बच्चालाई जन्म दिएपछि उनको स्वास्थ्य अवस्था राम्रो रहेको जनाइएको छ । विश्व रेकर्ड हुनसक्ने भएपछि गिनिज वर्ल्ड रेकर्ड्सले यस विषयमा अनुसन्धान थालेको पनि बीबीसीले जनाएको छ ।

यसअघि सन् २००९ मा अमेरिकामा एउटी महिलाले एकै पटकमा आठवटा बच्चा जन्माएकी थिइन् । एकै पटकमा तीन वटाभन्दा बढी बच्चा जन्मिनुलाई दुर्लभ घटना मानिन्छ ।

6ovdsybp 720

    सम्बन्धित समाचार...