१५ बैशाख २०८१, शनिबार

प्रदेश २ मा काँग्रेसलाई ३ र माओवादीलाई २ मन्त्रालय, आजै शपथ

aggrement pradesh 2 rc3kWL7WQD 750x375 1

प्रदेश नम्बर २ को सरकारले मन्त्रिमण्डल विस्तार गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच भएको सहमति अनुसार आजै साझ शपथग्रहण हुने भएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आजै काँग्रेससँगै माओवादी केन्द्रलाई पनि सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्न लागेका हु्न् । काँग्रेसलाई ३ वटा मन्त्रालय र माओवादीलाई पनि २ वटा मन्त्रालय दिने सहमति भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाए अनुसार रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बन्नेछ। उनकाअनुसार संसदीय दलका नेता राम सरोज यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई संचार मन्त्रालयको जिम्मा दिइने सहमति भएको छ । यता माओवादी केन्द्रको तर्फबाट भरत साह र जगत यादव मन्त्री बन्ने माओवादी स्रोतले जनाएको छ । यद्यपि उनीहरुलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे टुंगो लागेको छैन । माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले मन्त्रालय बारे टुङ्गो लाग्न बाँकी रहेको बताए ।