१८ बैशाख २०८१, मंगलवार

धनुषा कोरोना अपडेट : थप ७२ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

covid death

पछिल्लो २४ घण्टामा धनुषामा बुधवार ७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार मंगलवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या १५१९ रहेकोमा बुधवार ७२ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या १४८८ रहेको छ भने आज धनुषामा निको हुनेमा १०२ जना रहेको तथ्यांकले देखाएको छ । त्यसैगरि आज धनुषामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाको तथ्यांकमा उल्लेख छ । बुधवार २३१ जना ले पिसिआर परिक्षण गराएकोमा ७२ जनाको रिर्पोट पोजेटिभ आएको तथ्यांकमा उल्लेख छ। धनुषामा मृत्यु हुनेमा मिथिला नगरपालीका वार्ड नं २,नक्टाझीझ बस्ने ६७ वर्षिय एक जना रहेको छ भने उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । धनुषामा संक्रमीत मध्ये १३९७ जना होम आइसोलेसनमा उपचार गराईरहेको छ भने समान्य उपचारमा रहेका संख्या ६३ रहेको छ ।त्यस्तै आइसीयुमा उपचाररत संक्रमीतको संख्या २६ रहेको छ भने भेन्टिलेटरमा उपचारतको संख्या २ रहेको छ । धनुषामा हालसम्म कोरोनाका कारण मृत्यु भएको संख्या ९१ रहेको छ ।

धनुषामा स्वास्थ पुर्वाधार अन्तरगत ३९ वटा अस्पतालले सेवा दिदै आएकोमा जम्म बेडको संख्या ६३२ रहेको छ । त्यस्तै आइसीयुको संख्या ८३ रहेकोमा भेण्टीलेटरको संख्या २१ रहेको प्राप्त तथ्यांकमा उल्लेख रहेको छ ।