१५ चैत्र २०८०, बिहीबार

फिल्म ‘ओ माई गड २’ मा अक्षयकुमार र पंकज त्रिपाठी पछि यामी गौतम आबद्ध

oh my god2 cast

विवाहपछि बलिउड अभिनेत्री घरजमका कारण पलायन हुने गरेका छन् । तर, अभिनेत्री यामी गौतम विवाह भएको एक साताभित्रै नयाँ फिल्ममा नायिकाका रूपमा आबद्ध भएकी छन् ।

यी अभिनेत्री यतिबेला ओ माई गड २ मा आबद्ध भएकी हुन् । फिल्ममा अक्षयकुमार र पंकज त्रिपाठी अनुबन्ध भएपछि अभिनेत्रीको खोजीमा रहेको निर्माण टिमले यामी गौतमलाई अनुबन्धित गरेको हो । सन् २०१२ मा निर्माण भएको फिल्म ‘ओ माई गड’ (ओएमजी) को दोस्रो शृंखला निर्माण हुँदै छ । यो फिल्ममा अनुबन्धित भएपछि अभिनेत्री यामीले आफूलाई विवाह फापेको प्रतिक्रिया दिएकी छन् ।

यामीले यसै साता फिल्म निर्देशक आदित्य धरसँग विवाह गरेकी हुन् । यामी पहिलोपटक अक्षय कुमारसँग काम गर्नका लागि निकै उत्साहित छिन् । फिल्ममा आफ्नो चरित्र मन परेपछि उनले तुरुन्तै काम गर्न स्वीकृति जनाएकी थिइन् । ‘ओ माई गड २’ लाई निर्देशन अमित रायले गर्ने भएका छन् । तीन÷दुई महिनापछिबाट यो फिल्मको छायांकन सुरु हुने भएको छ ।

‘ओ माई गड २’ मा पनि अक्षयकुमार भगवानको अवतारमा देखिने भएका छन् । अक्षयले ओ माई गढमा भगवान् कृष्णको भूमिका निर्वाह गरेका थिए । उनको जोडीका रूपमा यसमा यामी प्रस्तुत हुने भएकी छन् । अक्षय कुमार र परेश रावल अभिनीत ओ माई गडको दोस्रो शृंखलामा यसपटक परेश रावल हुँदैनन् । परेशको ठाउँमा अभिनेता पंकज त्रिपाठी देखिँदै छन् ।

यो फिल्म पनि पूर्ण हास्यप्रधान बनाइने भएको छ ।