१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीले मेरो कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ भ्रामक छ : प्रचण्ड

prachanda ktm andolan
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारण नेकपा एकताको प्रयास असफल भएको भन्ने प्रधानमन्त्री केपी ओलीको भनाइ षडयन्त्रपूर्ण रहेको बताएका छन् ।

प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको भर्त्सना गरेका छन् । ट्वीटर ह्याण्डलबाट आफ्नो प्रष्टीकरण दिँदै उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आइतबार राति एमाले एकताको लागि माधव पक्षलाई आह्वान गर्दै अदालतले नभएर नेकपाको एकता प्रचण्डको कारण खारेज भएको बताएका थिए । अदालतको आदेशपछि १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जानका लागि आफूले आग्रह गर्दा प्रचण्डले नमानेको ओलीले बताएका थिए ।