१३ बैशाख २०८१, बिहीबार

देउवाले भनेका थिए – पार्टी एक बनाउन सकिनँ भने मलाई फटाहा भन्नुहोला

Deuba

काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै बाचा पूरा गर्न नसकेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

देउवाले ०७२ फागुन दोस्रोसाता सभापतिको उम्मेदवार हुँदा भनेका थिए–पार्टी एक बनाउन सकिनँ भने मलाई फटाहा भन्नुहोला । म पार्टी मिलाएर अहिलेका नेताले सोचेको भन्दा पनि माथिल्लोस्तरमा पुर्याउँछु । त्यो क्षमता मसँग छ । मेरो कुनै कोटरी छैन । सुझाव लिन्छु तर निर्णय आफै गर्ने बानी छैन ।
चार वर्षको कार्यकाल सकिँदै गर्दा देउवामाथि यी बाचा पूरा नगरेको मात्र होइन ध्रुवीकरण बढाएर पार्टीभित्र एकलौटी बर्चश्व स्थापित गर्न खोजेको भन्दै संस्थापनइतर पक्ष निरन्तर विरोधमा छ। पार्टीमा एकता होइन अविश्वास र संशय बढेको समाचारमा उल्लेख छ ।