१३ बैशाख २०८१, बिहीबार

मगर गोहीको आक्रमणबाट एक पुरुषको गयो ज्यान

Crocodile
फाइल फोटो

चितवनमा मगर गोहीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । आज चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी किनारा भरतपुर महानगरपालिका २४ ध्रुबघाट क्षेत्रमा मगर गोहीको आक्रमणका कारण अन्दाजी ३५ वर्षीय छन्नुराम बोटेको मृत्यु भएको हो ।

निकुञ्जको सुचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार बोटे भरतपुर २५ स्थित बस्कट्टाका बासिन्दा हुन । बोटे गैरकानुनी रुपमा रातको समयमा निकुञ्जमा माछा मार्न जाँदा गोहिले आक्रमण गरेको अनुमान गरिएको छ । हालसम्म निन्कुञ्जमा र यसको मध्यवर्ती क्षेत्रमा १२ जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको अधिकारीले बताए ।

मृत्यु हुने मध्ये ३ जनाको हात्तीको आक्रमण, ३ वटा बाघको कारण , ३ गैडा र १ गौरी गाई र १ बँदेल र १ मगर गोहीकोको आक्रमणबाट भएको हो । साथै हालसम्म २३ जना घाइते भएका छन् । बन्दबन्दीको समयमा अनावश्यक रुपमा जंगल तथा नदि क्षेत्र प्रवेश नगरिदिन निकुञ्जले जनसमुदायमा अपिल समेत गरेको छ । साथै निकुन्जमा वैशाखदेखि असार मसान्तसम्म माछाको प्रजनन तथा भुरा हुर्काउने समय भएकोले माछा मार्ने लाइसेन्स प्राप्त व्यक्तिलाई समेत यो अवधिमा माछा मार्न निषेध गरिएको अधिकारीले जानकारी दिए ।