७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले प्रदेशसभामा विश्वासको मत लिने

Trilochan Bhatta Chief Minister Province Seven

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन् ।सरकारमा अल्पतमतमा परेका मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन् । प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र आइतबार नै दर्ता भइसकेको छ।

गत जेठ १० मा बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, माधव नेपाल समूहका बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन कायम राख्ने निर्णय गरेको थियो ।