१२ बैशाख २०८१, बुधबार

आज बस्ने भनेको संवैधानिक इजलास स्थगित

Supreme Court 43KnAVGEAY

सर्वोच्च अदालतमा आज बस्ने भनेको संवैधानिक इजलास स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको हो ।

सर्वोच्च प्रशासनलाई प्रधानन्यायाधीश राणाले आज आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी दिएका छन् । प्रधानन्यायाधीश जबरालाई के भएको हो भन्नेबारे खुलाइएको छैन । संवैधानिक इजलासको अर्को पेसी बुधबार तोकिन सक्ने सर्वोच्च स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरूमाथिको सुनुवाइ हुन सकेको छैन ।