१४ बैशाख २०८१, शुक्रबार

चितवनमा ७ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

rape
सांकेतिक तस्विर

चितवनमा एक बालिका बलात्कृत भएकी छन् । शनिबार साँझ तिर भरतपुर महानगरपालिका–५ स्थित माछापुच्छ्रे चोक नजिकै घरमै रहेकी बालिकालाई भरतपुरमा बस्दै आइरहेका अन्दाजी ३८ वर्षका दीपक राईले बलात्कार गरेका थिए ।

उनलाई प्रहरीले आज (आइतबार) विहान पक्राउ गरि सकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बलात्कारको आरोपमा ती पुरुषलाई पक्राउ गरिएको नारायणी अनलाइनलाई जानकारी दिए । ‘पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ, बालिकाको मेडिकल रिपोर्ट आएपछि अनुसन्धानले थप गति लिन्छ’–प्रवक्ता थापाले भने । उनले बालिकाको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिए ।

घरमा बालिकाकी १० वर्षीय दाजु र आमा बसोबास गर्दै आइरहेका थिए । शनिबार साँझ आमा माइत गएको बेलामा घरमा पुगेका राइले बालकलाई बिस्कुट किन्न पठाएर बालिकालाई बलात्कार गरेको उनको आफन्तले नारायणी अनलाईनलाई जानकारी दिएको छ । उनका आफन्तले भने–‘राइ अन्य बेला पनि घरमा गइरहदो रहेछ, शनिबार घरमा कोही नभएको बेला बलात्कार गरेछ ।’ उनले दोषीमाथि कडा कारवाही हुनुपर्ने माग राखे । बालिकाले विहानैदेखि बान्ता गरेपछि आफन्तले घटना बारे थाहा पाएका थिए ।

बालिकाका आफन्तका अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दा बालिकाको पाठेघरमा रगत जमेको देखिएको छ ।