१४ बैशाख २०८१, शुक्रबार

राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको हो: मुख्यमन्त्री पोखरेल

shankar pokhrel
फाइल फोटो

सत्तारुढ एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको भएको आरोप लागाउनु भएको छ ।

उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादास्पद अभिव्यक्ति दिएका बेला पोखरेलले जुन कुराको विरोध भइरहेको छ, त्यो हिजो माओवादी केन्द्रको नीति भएको बताउनु भएको छ । उहाँले जसपासँग कतिपय नीतिगत विषयमा विमति रहेको बताउनु भएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा शनिबार लेख्नु भएको छ , ‘जसपाका कतिपय नीतिसँग हाम्रा विमति हिजो पनि थिए र आज पनि छन् नै। आज जुन कुराको तीव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो। आज माओवादी केन्द्रको उक्त नीति बदलिएको हो भने जसपाको पनि अवश्य बदलिनेछ। तर, राष्ट्र र राज्यका बारेमा हामी हिजो पनि स्पष्ट थियौँ र आज पनि स्पष्ट नै छौँ।’

Capture 1