१३ बैशाख २०८१, बिहीबार

नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

acc 1024x461 1

चितवनको भरतपुर महानगरपालिका–२९ मुग्लिङ नारायणगढ सडक खण्डको घुमाउनेमा आज (शनिबार) साँझ ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

साझ ७ः४५ बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ५ ख ८१५५ नम्बरको (सिमेन्ट लोड) ट्रक र बिपरित दिशाबाट आई रहेको बा ४८ प ८४३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार २ जना गम्भिर घाईते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

गम्भिर घाइते भएका भरतपुर भरतपुर–१० रमाईलोचोक बस्ने बर्ष ३५ का विनोद अधिकारीको उपचारको क्रममा ८ः२५ बजेको समयमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनको शव भरतपुर अस्पताल शवगृहमा रहेको छ । यस्तै मोटरसाइकल पछाडी सवार भरतपुर–२९ जुगेडी बस्ने बर्ष २८ का मनोज थापा क्षेत्री गम्भिर घाइते भएका छन् । उनको भरतपुर अस्पतालमै उपचार भइरहेको छ ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।