७ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्रीमा राउतलाई राखेर मन्त्रिमण्डल पुनर्गठनको तयारी

thumb mukhyamantri karyalaya janakpur 1140x570 1

प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा)संसदीय दलको बिधान तत्काल बनाउन लागिएको छ ।

पाटी बिभाजनको संघारमा पुगिसकेको बेला प्रदेशमा संसदीय दलको बिधान छैन् ।जसपामा रहेका पूर्ब राष्ट्रिय जनता पार्टी(राजपा)का प्रदेश सभा सदस्यहरुलाई नियन्त्रण गर्न बिधान बनाउन लागिएको छ । दलको बिधान नहुँदा हाल सम्म नेतापनि चयन भएको छैन् ।सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र बजेटमा पूर्ब राजपाका सभासदहरुले असहयोग गरे बिधान अनुसार कार्वाह ीगर्न सहजताका लागि तत्काल बिधान बनाउन लागेको हो । समाजवादी र राजपा एकिकृत भएपनि दलको संयुक्त बैठक हुन सकेको छैन् ।प्रदेश सभामा दुवै दलका नेता र प्रमुख सचेतक छुट्टाछुट्टै रहेका छन् ।बिधान तयार भए लगतै दलको बैठकबाट नेता चयनगरि प्रदेश सभालाई प्रमुख सचेतक, सचेतकबारे जानकारी दिइनेछ । नीति तथा कार्यक्रम र बजेट पास गर्न पार्टीले व्हिप लगाउन विधान आवश्यक रहेको जनाउँदै बिधान विपरित कार्य गर्नेलाई कार्वाहीको प्रकृया अगाडी बढाउन समेत सहज हुने भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले बताए । ‘दलको बिधान बनाउन ढिला भइसकेको थियो ’ उनले भने, बिधान बनिसकेपछि संसदीय दलको कामकार्वाही बिधान अनुसार हुनेछ ।

उच्चस्रोतका अनुसार संसदीय दलको बिधानमा ४० जना सभासदको हस्ताक्षर रहनेछ ।पूर्व समाजवादीको ३० र पूर्व राजपाको १० जनाको कम्तिमा हस्ताक्षर रहनेछ ।हस्ताक्षर गर्ने अभियान सुरु भइसकेको र आइतवार सम्म बिधान पारित हुनेछ । जसपा अध्यक्ष उपेन्द्र यादव शुक्रवारदेखि जनकपुरधाममा रहेका छन् ।उनले शुक्रवार राती मुख्यमन्त्री सहित पूर्व समाजवादीका मन्त्रीहरु ीवजय कुमार यादव, शैलेन्द्र साह र ज्ञानेन्द्र यादवसित बैठक गरेका थिए ।शनिबार भएको बैठकमा पूर्व राजपाबाट मन्त्री बनेका नवलकिसोर साह र रामनरेश यादवको समेत सहभागिता रहेको थियो ।तर बैठकमा आर्थिक मामिला मन्त्री विजय कुमार यादव बजेट बनाउने ब्यस्तताको कारण सहभागि नभएको बताइएको छ । प्रदेशमा यादव समुहले आफ्नो पक्षमा झण्डै ४२ जना सभासद पुग्ने विश्वास गरेको छ ।प्रदेशमा पूर्व समाजवादीको ३०, राजपाको २५, एमालेको २१ , काँग्रेसको १९, माओवादी केन्द्रको ८ र १ जना स्वतन्त्र सभासद छन् । सरकार बनाउन चाहिने ५३ जना सभासद पूर्व राजपाका १३जनाले साथ छाडे माओवादी केन्द्र र एमालेलाई साथ लिएर बनाउने तयारीमा यादव समुह रहेका छन् ।नेपाली काँग्रेसले मुख्यमन्त्रीको घुर्की देखाए एमाले र माओवादीकै समर्थनमा सरकार बनाउने जसपाको तयारी रहेको छ ।