२० बैशाख २०८१, बिहीबार

विवादीत अभिव्यक्ति दिएका उपप्रधानमन्त्री महतोलाई २४ घण्टाभित्र देशनिकाला गर्न माग

rajendra mahato

विवादीत अभिव्यक्ति दिएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई देशनिकाला गर्न माग गरिएको छ। शनिबार नयाँ पार्टी नेपालले एक विज्ञप्ति जारी गर्दै महतोलाई देश निकाला गर्नुपर्ने माग राखेको हो ।

विज्ञप्तिमा नयाँ पार्टी नेपालले महतोलाई २४ घण्टाभित्र उप-प्रधान तथा सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गर्न माग गरेको छ ।

1622902371