४ बैशाख २०८१, मंगलवार

पछिल्लो २४ घण्टामा देशभर ८२४३ जना कोरोनामुक्त

discharge corona2021 06 05 07 40 41
फाइल फोटो

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जना कोरोना संक्रमित थपिंदा ८ हजार २४३ जना निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४७१ नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५४० र ५ हजार ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ५०२ जनामा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ९८ हजार २०४ पुगेको छ । जसमध्ये ४ लाख ८४ हजार ३७३ जना निको भएका छन् भने ९२ हजार ९२८ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ८६ हजार २६८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा रहेका ६ हजार ६६० जना संक्रमितमध्ये १ हजार ४५१ जनाको आईसीयूमा र ३८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।