७ बैशाख २०८१, शुक्रबार

बलात्कार आरोपमा अभिनेता पक्राउ

jpg

भारतियका टेलिभिजनकर्मी तथा अभिनेता पर्ल वी पुरीलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ परेका छन् । पीडित महिला र उनको परिवारले पुरीविरुद्ध उजूरी दिएपछि उनी पक्राउ परेका हुन् ।

उनी आफ्नो संघर्ष, कामप्रतिको लगाव र समर्पणका लागि चिनिएका कलाकार हुन् । अघिल्लो वर्ष अक्टुबरमा मात्रै पर्ल वी पुरीका पिताको निधन भएको थियो, त्यस दौरान पनि उनी सुटिङमै व्यस्त थिए । २०१३ बाट ‘दिल की नजर से खूबसुरत’ नामक धारावाहिकमार्फत उनले आफ्नो करियर सुरु गरेका थिए ।

पर्ल वी पुरीले ‘नागार्जुन एक योद्धा’, ‘बेपनाह प्यार’, ‘नागिन ३’ र ‘ब्रम्हराक्षस २’ जस्ता धेरै धारावाहिकहरुमा अभिनय गरेका छन् । त्यस्तै बिग बोस १२ र १३ मा गेस्टका रुपमा समेत देखिएका थिए । उनी यसबाहेक ‘किचन च्याम्पियन ५’ र ‘खतरा खतरा खतरा’ जस्ता रियालिटी शोमा पनि पर्ल सहभागी भएका थिए ।