
बालमन्दिर नक्साल र सिफलका ५२ जना बालबालिका कोरोना संक्रमणमुक्त भएका छन् ।
बाल गृहमा बसिरहेका बालबालिकाहरुलाई १० दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण देखिएपछि कीर्तिपुरको आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टरमा भर्ना भएका बालबालिकाहरु शनिबार बालमन्दिर फर्किएका छन् ।